|

अकुपंचर सम्बन्धि केही जिज्ञासा

के अकुपंचर गर्दा दुख्छ ?

सामान्यतया अकुपंचरको सुइ राख्दा केही घोचेको जस्तो अनुभव हुन्छ | कहिलकाही संबेदनशील पोइन्टमा राख्दा हल्का दुखाई हुन्छ जुन कमिलाले टोकेको वा चिमोटेको जस्तै हुन्छ| येदी धेरै दुखाई भएमा चिकित्सकलाई जानकारी गराउनु र चिकित्सकले तेस्लाई नदुख्ने तरिकाले Adjust गरिदिनुहुन्छ| कतिपय अवस्थामा  यो चिकित्सकको अनुभव र technique को आधारमा पनि फरक पर्छ |

के अकुपंचर गर्दा संक्रमणको खतरा हुन्छ ?

अकुपंचर गर्दा प्रयोग गरिने needle हरु निर्मलीकरण  गरिएको हुन्छ । एक व्यक्तिमा प्रयोग गरिएको needle अर्को  व्यक्तिमा निर्मलीकरण  नगरी प्रयोग गर्नु हुदैन । अहिलेको समयमा single used needle को प्रयोग गरिने हुदा त्यस्तो संक्रमणको खतरा हुदैन  । तर अझै पनि कतिपय ठाउमा multiple used needleप्रयोग गरिने हुदा बिरामीले needleनिर्मलीकरण  गरिएको छ कि छैन भनेर चिकित्सकसंग जानकारी लिनु आवश्यक छ ।

अकुपंचर गर्न अगाडी मैले ध्यान पुराउने केहि छ ?

अवश्य पनि छ , निम्न कुरामा ध्यान दिनुपर्छ |
धेरै tight लुगाहरु न लगाउने । धेरै tight लुगा हरु लगाउदा needle इन्सर्ट गर्न गार्हो हुन्छ ।
दिसा र पिसाब लागेको भए गर्ने ।
खाली पेट अकुपंचर नगर्नु । अकुपंचर गर्न भन्दा १ घण्टा अगाडिसम्म थोरै मात्रामा केहि खादा राम्रो  ।
मादकपदार्थ तथा सुर्ती सेवन नगर्ने  ।
शान्त भएर बस्ने  ।

अकुपंचरले कसरी काम गर्छ ?

TCM अनुसार शरीरमा एउटा चलाएमान शक्ति हुन्छ जसलाई “ची” वा “Qi”  भनिन्छ । शरीरमा येही”ची” वा “Qi” को अवरोध ले गर्दा नै रोगको उत्पति हुन्छ र मानिस बिरामी हुन्छ | अकुपंचरले येही “ची” वा “Qi” को अवरोधलाई हटाउने काम गर्छ  ।
आधुनिक विज्ञानका अनुसार अकुपंचरका ६ वटा सिद्धान्त प्रतिपादित छन् ।

  • दुखाई कम गर्ने  (Analgesic effect)
  • निद्रा लगाउने (Sedative effect)
  • संतुलन कायम गर्ने (Homeostatic effect)
  • रोग प्रतिरोधात्मक क्षमता वृद्दि (Immuno Enhancing effect)
  • चालमा वृद्दि (Motor recovery)
  • मानसिक असर (psychological effect)
Benefits of Acupuncture
Benefits of Acupuncture

मैले उपचारगर्दा  कति पटकसम्म अकुपंचर गर्नु पर्छ ?

कति पटकसम्म अकुपंचर गर्ने भन्ने कुरा व्यक्ति अनुसार र रोग अनुसार फरक  पर्न सक्छ । कुनै रोगमा एकै पटकमा आराम हुन्छ भने कुनै महिनौ  लग्न सक्छ । पुरानो र जिर्ण रोगमा धेरै समय लाग्छ । सामान्यतया ७ देखि १४ दिनसम्म दिनामा एक पटक उपचार गर्दा लाभ देखिन्छ ।

अकुपंचर गर्दा कतिवटा needle प्रयोग गरिन्छ ?

needle को संख्या रोग अनुसार फरक पर्छ  ।  सामान्यतया एक पटकमा १० देखि २० वटा सम्म needle प्रयोग हुन्छ । रोगको प्रकृति  हेरेर र चिकित्सकको अनुभवको आधारमा  त्यो भन्दा कम needle पनि प्रयोग हुन सक्छन् |

अकुपंचर गर्नु कति सुरक्षित छ ?

दक्ष जनशक्तिबाट गरिएको अकुपंचर एकदम सुरक्षित छ । यो एक प्राकृतिक, औषधि रहित चिकित्सा हो । अकुपंचर सुईबाट संक्रमणको खतरा हुदैन किनकि तिनीहरु निर्मलीकरण गरिएको हुन्छ |

के अकुपंचर संगै अरु उपचार विधि पनि प्रयोग हुन्छ ?

बिरामीको अवस्था अनुसार अकुपुन्चर  संगै cupping , moxibustion, acupressure, tuina massage, physiotherapy पनि प्रयोग गरिन्छ र यसको सहि छनोट चिकित्सकले नै  गर्दछन ।

मैले अहिले अन्य समस्या जस्तै सुगर, प्रेशर आदिको लागि औषधि लिईरहेको छु, यस्तो अवस्थामा अकुपंचर गर्दा औषधि छोडनु पर्ने हुन्छ कि हुदैन ? साथै अकुपंचरको औषधिसंग ष्लतभचबअतष्यल हुन्छ कि हुदैन ?

अकुपंचर गर्दा आफूले नियमित रुपमा खाईरहेको औषधिहरु छोड्नु हुदैन । साथसाथै आफू के समस्याको लागि औषधि नियमित रुपामा सेवन गरेको छु भन्ने जानकारी चिकित्सकलाई दिनुपर्ने हुन्छ । साथै अकुपंचर उपचार विधि बिशुद्ध औषधि विनाको उपचार भएको हुदा यसको हालसम्म कुनै पनि औषधिसंग interaction भएको तथ्यहरु फेला परेको छैन ।